बागमती प्रदेश सरकारको माननीय उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठको जन्म वि.स.२०२४ साल फाल्गुण १० गते काठमाडौँ जिल्लाको साविक थानकोट गा.वि.स वडा नं. ७ हालको चन्द्रागिरी नगरपालिका वडा नं. ४ थानकोटमा स्व.पिता नरसिं श्रेष्ठ र स्व.माता विश्व कुमारी श्रेष्ठको तेश्रो सन्तानको रुपमा भएको थियो। आफु जन्मिएकै गाउँ थानकोट स्थित मंगोलदय विद्यालयबाट आधारभूत र माध्यामिक तहको शिक्षा पुरा गर्नु भएको मन्त्री श्रेष्ठले मिनभवन स्थित नेपाल कमर्श क्याम्पसबाट उच्च शिक्षा हासिल गर्नु भएको हो।
कम्यूनिष्ट पारिवारीक पृष्टभूमिमा हुर्कनु भएको मन्त्री श्रेष्ठले विद्यार्थीकाल देखिनै राजनीति तर्फ गहिरो अभिरुचि थियो। कलिलो उमेर देखि नै समाजमा हुने गरेका अन्याय, अत्याचार र भेदभावका विरुद्ध मात्र नभई समानताको वकालतका लागि कृयाशिल हुनुहुन्थ्यो। मन्त्री श्रेष्ठले औपचारिक रुपमा २०४०सालदेखि कम्यूनिष्ट आन्दोलनमा सहभागि जनाउनु भयो। थानकोटअनेमासंघगाउकमिटिअध्यक्षबाट सुरु भएको राजनीतियात्रा तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी (माले) थानकोट गाउँ कमिटीकी सदस्य, इलाका, क्षेत्र, जिल्ला हुँदै केन्द्र स्तरसम्मको यात्रा तयगर्दैप्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएर मिति २०८२ श्रावण १९ गते देखि हाल बागमती प्रदेशको मन्त्री पदमा नियूक्त हुनु भएको छ।
२०४६ सालको जनआन्दोलनमा जनताबीचको एक साहसी नारीको समेत उपमा पाउनु भएको मन्त्री श्रेष्ठको सदैव“स्वतन्त्रता” भन्ने शब्द आँखामा झल्किन्थ्यो, र आन्दोलनको नारा उहाँको स्वरमा घन्किन्थ्यो।२०६२/६३ सालको आन्दोलनमाथानकोटदेखि सतुङ्गलसम्मका हजारौं महिलाको र्यालीको अगुवाइ गर्दै मन्त्री श्रेष्ठले महिलालाई एकिकृत गरि पश्चिम काठमाडौबाटमहिला केवल दर्शक होइनन्, आन्दोलनको आत्मा हुन्भन्ने सन्देश प्रवाह गर्नु भयो। राजनीतिक चेतनासँगै सामाजिक परिवर्तन उहाँकालागि समानान्तर बाटो थियो।
२०५६ सालदेखिउहाँले महिला समूह गठन गर्दै थानकोट महिला जागरण सहकारी स्थापना गरि सहकारी नेतृ भएर विपद् व्यवस्थापन, जीविकोपार्जन र कौसी खेतीका तालिम सञ्चालन गर्दै गाउँको महिलाहरुलाई सीप दिएरआर्थिक सशक्तिकरणको लहरलाई अघि बढाउनु भयो ।सस्थापक अध्यक्ष रहनु भएको यस सहकारीमा आज ३ हजार महिला दिदी बहीनिहरु आवद्ध रहनु भएको छ भने सयौँ महिलाहरु रोजगारीमा जोडिएका छन्।
संस्कृति,परम्परा र रितिरिवाज हाम्रो समाजको महत्वपूर्ण अगं सम्झिने मन्त्री श्रेष्ठले यसको जगेर्नाका लागि थानकोटकै बस्तीमा उहाँले“थक्वा : नसा धुकु समूह”गठन गर्नुभयो, जसले नेवारी संस्कृति, परिकार र परम्पराको संरक्षण गर्दै महिलाका लागि रोजगारी सिर्जना गर्दछ।
देशभित्रको संघर्ष र योगदानले मन्त्री श्रेष्ठलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्यायो। २०१८ मा उहाँ विश्वकै महिला संगठन “Huairou Commission” को सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै Governing Council Board Member को जिम्मेवारी सम्हाल्नुभयो। मलेसिया, आबुधाबी, पोल्याण्डमा आयोजित वर्ल्ड अर्बन फोरमहरूमा मन्त्री श्रेष्ठले नेपालको समुदायस्तरीय महिलाको पक्षमाआवाज बुलन्द गर्दै महिला शसक्तिकरण र हक हितका लागि निरन्तर खबरदारी गर्दै आउनु भएको छ। थाइल्याण्ड, पाकिस्तान, कोरिया, बंगलादेश, केन्या, श्रीलंका, इन्डोनेसिया र मलेसियामा गएर मन्त्री श्रेष्ठले नेपाली महिलाको संघर्ष र आत्मबलको कथा सुनाउने अवसर समेत पाईसक्नु भएको छ।